काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चुनावपछि मात्र विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने स्थिति आएको बताए।
‘प्रधानमन्त्रीले उचित समयमा विश्वासको मत लिनुहुन्छ। प्रतिनिधि सभाको बैठक नै चैत ५ गते बोलाइएको छ,’ उनले भने,‘प्रतिनिधि सभा बैठकको मितिका कारणले समेत राष्ट्रपतिको चुनावअघि विश्वासको मत लिइँदैन भन्ने हो।’
राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ।
कांग्रेस र नेकपा (एमाले) दुवैले प्रमुख विपक्षी दल आफू रहेको दाबी गरेपछि आज बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक आगामी चैत ५ गतेसम्मको लागि सरेको हो।
एमालेले भने प्रचण्ड नेतृवको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कांग्रेसले आफू सरकारमा नगएसम्म प्रतिपक्षमै रहने अडान लिएको छ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले २६८ मत पाएका थिए।
तत्कालीन गठबन्धनका दलहरू एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्। यसतै,गत पुस १० गतेको सत्तासमीकरण गत फागुन १२ गते नयाँ आठ दलीय गठबन्धन भएसँगै तोडिएको थियो । उक्त आठ दलमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चासँगै लोकतान्त्रिक समाजवादी पार्टीसमेत समेटिएर बलियो बनेको छ ।
यो समीकरणबाट एमाले र राप्रपा बाहिरिएका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend