टेकबहदुर गुरुङ, बद्रीप्रसाद न्यौपाने र रविन्द्रकुमार यादव
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने र तत्कालीन श्रम राज्यमन्त्री गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकोमा विशेष अदालतले आज नौ जनालाई दोषी ठहर गरेको हो ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेकाहरमा समाजकल्याण परिषदका सदस्य सचिव रविन्द्र यादवसहित १२ जना छन् । यादव बाबुराम पूर्वमन्त्री महिन्द्र राय यादवका भाइ हुन् । यादवले नै उनलाई समाजकल्याण परिषदको सदस्य सचिवमा नियुक्त गरेका थिए । तत्कालीन समाजकल्याण मन्त्री न्यौपाने र रविन्द्र यादवले टेकबहादुर गुरुङलाई फनपार्कको जग्गा कौडीको मूल्यमा भाडामा दिई अनियमितता गरेका थिए । जुन अनियमितताका बिरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मतियारका रुपमा दोषी ठहर भएका गुरुङलाई सजाय निर्धारणका लागि फागुन २५ गते पेशी तोकिएको छ ।
भृकुटीमण्डपस्थित समाजकल्याणको स्वामित्वमा रहेको फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।
गुरुङले ६० रोपनी जग्गालाई मासिक पाँच लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् । उक्त जग्गा २०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend