काठमाडौं । लमजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–८ खिन्चोक बेंसीमा बस्दै आएकी ९१ वर्षीया हाँगी कामीको टहरासँगै जलेर मृत्यु भएको छ ।
गएराति टहरामा आगलागी भएपछि सुतिरहेकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक्लै पकाएर खाने र टहरामा एक्लै बस्ने गरेको बताइएको छ ।
उनलाई रेखदेख गरिरहने एक जना रहेको र जेठीपट्टीका नातिनातिना गाउँमा रहेपनि हाँगी एक्लै बस्दै आएकी थिइन् । आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएका छन् ।
छिमेकीले राति अबेर आगो निभाए पनि वृद्धा सकुशल उद्धार गर्न नसकेको र लत्तकपडा, भाँडाकुँडा, चामल, मकैलगायत खाद्यान्न सबै जलेको इलाका प्रहरी भोटेओडारका इन्सपेक्टर राजन तिमिल्सिनाले बताए ।
चिसो बढेपछि आगो ताप्न आगो फुकेकोमा हावा चल्दा खाटमुनि राखेका दाउरामा आगो सल्केको र खाटमा सुतिरहेकी उनी जलेको देखिएको उनले बताए ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend