Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालिकोटमा एक वृद्धाको शव फेला


    सोमबार, साउन २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालिकोटमा एक वृद्धाको शव फेला परेको छ । खाँडाचक्र नगरपालिका –२ निवासी ८१ वर्षीय लाईशोभा जैशीको शव नैनामाण्डु कालमोडको भीरमा अड्किएको अवस्थामा फेला परेको हो ।

    सोमबार दिउँसो जैशीको शव गोरेटो बाटोदेखि करिव दुई सय मिटर तल भीरमा अड्कीएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    जैशी लडेको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार