काठमाडौं । यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (एमाले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाएका हुन् ।
संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर मत दिन अनुरोध गरिएको नेकपा एमालेले जनाएको छ । कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाट मत विभाजन नहुने भएपछि पत्र नपठाएको एमालेको भनाइ छ ।
एमाले सचिव पद्मा अर्यालले भने- ‘हामीले आफ्नै उम्मेदवार कांग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदहरूलाई समेत गरेर १७ वटा पत्र लेखेका छौं । विश्वास छ, उहाँहरूले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिनुहुन्छ ।’ यो संविधान र लोकतन्त्रको रक्षाका लागि कानुनका ज्ञातासमेत रहेका नेम्वाङलाई उठाएका कारण गठबन्धनमा आबद्ध सबै दलहरूले उनलाई नै साझा उम्मेदवार मानेर मतदान गर्नुपर्ने अर्यालको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend