Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन, पार्थिव शरीर पार्टी कार्यालय राखिने


    मंगलबार, भाद्र २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । राति १ बजे हृदयघात भएका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।

    चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका हुन् । नेम्वाङको पार्थिव शरीर ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको बताइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

    त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

    विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवी बनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार