Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • तेह्रथुममा भीषण आगलागी : १४ घर जले, आगो नियन्त्रण गर्ने प्रयास जारी


    शुक्रबार, फाल्गुन १२ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई-६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो ।

    आगलागीका कारण अहिलेसम्म १४ घर जलेको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए। आगो अझै नियन्त्रणमा ल्याउन नसकेको उनले बताए ।

    आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोली घटनास्थलमा रहेको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार