Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रुपमा दिने सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

    राष्ट्र बैंकले वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक सरकारबाट आकस्मिक रुपमा लिने सार्वजनिक बिदाको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायतका सेवा प्रवाह गर्नुपर्ने बताएको छ ।

    सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा दिने व्यवस्था मिलाउनुपर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार