काठमाडौं । अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देखिए पनि मुद्रास्फीति अझै लक्षित सीमाभन्दा माथि रहेकाले राष्ट्र बैंक दबाबमा छ ।
अझै विश्व अर्थतन्त्रमा सुधार नआएकाले विस्तारकारी मौद्रिक नीति लिंदा आर्थिक गतिविधि खुकुलो भई पुनः शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतमा दबाब बढ्ने आकलनमा कसिलो नीतिलाई नै निरन्तरता दिने तयारी उसले गरेको हो ।
साउनको पहिलो सातासम्म मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंकले तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि सरोकारवालाबाट सुझाव संकलन गरिरहेको केन्द्रीय बैंकले यसका लागि असार १० गतेसम्मको समय दिएको छ ।
सार्वजनिक कार्यक्रमहरूमा गभर्नर महाप्रसाद अधिकारीले विगतमा जस्तो सहुलियत र सुविधा दिन नसक्ने बताउँदै आगामी वर्ष पनि मौद्रिक नीति कसिलोहुने संकेत गरेका छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend