काठमाडौं । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएका छन् । एनटिभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिहरूलाई स्ट्रेचरमा राखेको तस्बिरहरू प्रसारण गरेको छ ।
गत फेब्रुअरी ६ मा ७।८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ भने लाखौं मानिस सुरक्षित आवासविहीन भएका छन् । चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले हप्ताभरि नै जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्, तर पछिल्ला केही दिनहरूमा उनीहरूको सङ्ख्या थोरैमा झरेको छ ।
टर्कीका उद्धारकर्ताले शुक्रबार १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् । उद्धार गरिएकामध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चिसो मौसम र लामो समय भग्नाबशेष हटाउन नसक्दा बाँकी व्यक्तिलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बनेपनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीब्रता दिइरहेका टर्कीका अधिकारीहरूले बताएका छन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend