काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिव तथा प्रवक्ताको जिम्मेवारीमा हुँदा लोकमानसिंह कार्कीको निर्देशनमा डा. गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिंदै विज्ञप्ति निकाल्ने कृष्णहरि पुस्कर कर्णलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सचिवका रुपमा भित्र्याएका छन् । बिष्णुप्रसाद पौडेलले अर्थमन्त्रीमा बहाली गर्ने बित्तिकै अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेका कर्ण एक महिनामै मोदीसँग कुराकानी मिलाएर सामान्यमा पुग्न सफल भएका छन् ।
कर्णभन्दा अघि बढुवा भएका सचिवहरु प्रदेशमा कार्यरत छन् । तर उनी भने सेटिङ गर्न सिपालु भएकैले अर्थमन्त्रालयमा मात्र पुगेनन्, अहिले कर्मचारी खटनपटन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका अर्थतन्त्र धरासायी पार्ने कदममा मतियारको भूमिकामा थिए । त्यही भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत् उनै जनार्दनले पुस्करलाई सामान्यमा लान भूमिका खेलेको खुलेको छ ।
सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरुवामा सेटिङ गर्नसक्ने सचिवको खोजी गरिरहेका बेला कर्णलाई सचिवको रुपमा पाएका छन् । मोदीले पनि आफ्नै गाउँठाउँका र चिनेजानेका बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई ल्याउने चर्चा प्रशासन क्षेत्रमा चलाइएको थियो । धेरैले यसपटक त निरौलामाथि न्याय हुने भयो भनेर खुसी प्रकट समेत गरेका थिए । तर त्यो अपेक्षा बिपरीत पुस्कर सामान्यमा सरुवा भएपछि उनको शक्तिको चर्चा हुन चर्चा हुन थालेको छ । सचिवमा बढुवा हुनासाथ मधेश प्रदेशमा पुस्करको पदस्थापन गरिएको थियो, सो निर्णय सार्वजनिक नहुँदै उनको पदस्थापन लुम्बिनी प्रदेशमा भएको हल्ला चल्यो । तर निर्णय भएर आउँदा उनी राजस्व सचिवमा पदस्थापना भएको आयो ।
सामान्यतया हरेक प्रशासन समूहका सचिवहरुको बढुवापछि पदस्थापन प्रदेशको प्रमुख सचिवमा हुने गर्दछ । तर गणेश प्रबृत्तिका चतुर सचिव कृष्णहरि कर्ण पुस्करले भने प्रदेश टेक्नै परेन । सिनियरहरु प्रदेशको प्रमुख सचिवमा बरालिरहँदा जुनियर कर्ण भने मन्त्रालयमा एकपछि अर्को जिम्मेवारी पाइरहेका छन् । कमजोर कार्यक्षमताका कर्णले लगातार महत्वपूर्ण जिम्मेवारी पाउनुको मुख्य कारण हो, चाकडी र आर्थिक चलखेल ।
अहिले संघीय मामिला मन्त्रालयमा सरुवा भएपछि उनले पुरानै टीमलाई लाने अभियान सुरु गरेका छन् । आफू अर्थको सचिव हुँदा गुन लाएका र स्वार्थ मिलेका कारण भन्सार विभागका पूर्व महानिर्देशक कमलप्रसाद भट्टराईलाई आफूले बहाली गरेको भोलिपल्टै काजमा सरुवा गराएका छन् । २६ सहसचिवको सरुवा हुँदा तामझामका साथ होहल्ला गरिएको थियो, तर पुस्करकै जोडबलमा मन्त्रिपरिषदले २ जना सहसचिवको मात्रै जिम्मेवारी हेरफेर गर्ने निर्णय लिएको थियो । सहसचिव चक्रबहादुर बुढालाई हिंड्ने बेलामा जिम्मेवारी दिने लालच पूर्वअर्थमन्त्री जनार्दन शर्माले राख्दा कमल भन्सारबाट बिदा हुनुपरेको थियो । सरकार परिवर्तन भएसँगै कमल माओवादी निकट भएकै कारण धेरेले राजस्व अनुसन्धान विभागको महानिर्देशक बन्ने चर्चा चलाएका थिए । तर नारायण सापकोटालाई अवसर दिउँ न त भन्दा भट्टराई पुस्करको टीममा सरुवा खेती गर्न सामान्यमा पुगेका छन् ।
सहसचिव भट्टराईले राजस्व नपाएपछि उद्योग विभागको महानिर्देशक बन्ने चाहना पनि राखेका थिए, तर एमालेका मन्त्री भएकाले त्यो पूरा हुने संभावना नदेखिएपछि पुस्करको सदस्यमा गएका छन् । जानेबित्तिकै उनलाई कर्मचारी प्रशासन महाशाखाको प्रम्ुखको जिम्मेवारी दिइएको छ । एमाले भएरै लामो समयदेखि लाभको पदमा पुगिरहेका यसअघि प्रशासन महाशाखा प्रमुख रघुुराम बिष्ट एमालेले नै सम्हालेको अर्थमा पुगेका छन् । पुस्करले भट्टराईसँगै टीममा अन्य सदस्यलाई पनि धमाधम भित्र्याउने अभियानमा छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाको उपसचिवमा कमानसिंह पुनलाई ल्याइएको छ । २ बर्षदेखि सरुवामा रकम उठाउँदै आएका उपसचिव रविन्द्रजंग थापा भने सूचना अधिकारीमा सरुवा भएका छन् । सहसचिवदेखि सचिवसम्मलाई सरुवामा आर्थिक चलखेल गराएर आकर्षक पालिकाका प्रमुख प्रशासकीय अधिकृत बनाउने कार्यमा थापाको मूख्य भूमिका रहँदैआएको थियो । हरेक दिन हाजिर गरेर ११ बजेपछि थापा बबरमहल, अनामनगर, बानेश्वरका होटल र क्याफेमा सरुवाको मोलतोल गरिरहेका हुन्थे भने कुनै दिन मन्त्रालयकै चौथो तलामा रहेको बढुवा शाखामा चुकुल लगाई मोलतोलमा ब्यस्त हुने गरेका थिए ।
तराईका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनका लागि ५ देखि १० लाख रुपैयाँ बुझाउनुपर्ने दररेट थापाले राखेका छन् भने पहाडी र हिमाली जिल्लाका नगर र स्रोत साधन बढी भएका गाउँपाकिालको लागि १ लाखदेखि ५ लाख रुपैयाँ दररेट कायम गरिएको छ । प्रदेश १ मा ज्वाइँ जीवन आचार्यलाई मन्त्री बनाएपछि सन्तुलन मिलाउनका लागि मोदीलाई मन्त्री बनाएपछि उनी जसरी हुन्छ त्यसलाई सदुपयोग गर्ने पक्षमा छन् । पटक पटक चुनाव जितेका मोदीले पहिलो पटक मन्त्री हुने मौका पाएका हुन् । यो मौकाको सदुपयोग गर्नका लागि उनले मन्त्रालयमा अफ्ताव आलम श्रम मन्त्री हुँदादेखि बैदेशिक रोजगार विभागका कर्मचारी खटनपटनदेखि फन्ड संकलन गर्ने कार्यमा अनुभव हासिल गरेका कर्णलाई सचिवका रुपमा लगेका छन् ।
आफ्ताव आलम श्रम मन्त्री हुँदा कर्ण श्रम मन्त्रालयमा उपसचिव थिए । त्यस समयमा सो मन्त्रालयका सहसचिव दीपक सुवेदी र सचिव बाबुराम आचार्य थिए । तर श्रम मन्त्रालयमा बोलवाला भने कृष्णहरिकै थियो । बैदेशिक रोजगार विभागका महानिर्देशकदेखि नासु र खरिदारबाट मासिक दररेट तोकेर घुस संकलन गरी बुझाउने काम उनैबाट हुन्थ्यो । सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले भने– श्रमको अनुभवकै कारण कर्णलाई मोदीले सचिवका रुपमा रोजेका होलान् ।
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend