Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगे


    शुक्रबार, फाल्गुन ५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन उनीहरु काठमाडौँ आएका हुन्।

    काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग रहेका छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने बताइएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरुको भेटघाट र छलफल हुनेछ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार