Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नर्समा कोरोना पुष्टि भएसँगै धुलिखेल अस्पताल सिल


    बिहिबार, साउन २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै धुलिखेल अस्पताललाई सिल गरिएको छ । अहिले अस्पतालको इमरजेन्सी बाहेकका सबै सेवा बन्द भएको छ ।

    अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमण देखा परेकी नर्स अस्पतालका सबै विभागमा सम्पर्कमा पुगेको हुनाले उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई क्‍वारेन्टिनमा राख्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

    त्यस्तै धुलिखेल अस्पताल बाहिर रहेको एक होटल व्यवसायीलाई समेत कोरोना संक्रमण देखिएपछि धुलिखेल अस्पताल आसपासका होटलहरु समेत बन्द गरिएको छ ।

    आज मात्र धुलिखेल क्षेत्रमा कुल नौ जनामा कोरोना संक्रमण भेटिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार