Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • डा.बाबुराम भट्टराईले दिए शेरबहादुर देउवालाई बधाई


    बिहिबार, पुष ७ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस संसदीय दलको नेतामा विजयी भएका शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।  प्रधानमन्त्री समेत रहेका देउवालाई बधाई दिन डा.भट्टराई नेता महिन्द्र यादवलाई लिएर बिहीबार बालुवाटार पुगेका हुन् । 

    पार्टीका महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले अपराजित गर्दै दलको नेतामा विजयी भएका देउवालाई शुभकामना दिएर उनले देउवासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै,‘संसदीय दलको नेता निर्वाचित हुनु भएकोमा प्रम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !’लेखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार