Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • रवि लामिछानेको साधारण सदस्यता बदर गर्न मागसहित आयोगमा निवेदन


    सोमबार, मंसिर १९ २०७९
    750
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। पुर्व पत्रकार एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ।  चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद लामिछानेको साधारण सदस्यता खारेजको मागसहित समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले आयोगमा निवेदन दिएका हुन् ।

    सफलले आज सोमबार आयोगमा निवेदन दिँदै कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको उल्लेख गरेका छन् ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा आफ्नो कुनै आपत्ति नरहेको समेत प्रस्ट पारेका छन् । ‘तर नेपाली नागरिकता नै नभएका रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवम् सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन  राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु’, सफलले संविधानको धारा १७ (क) उधृत गर्दै भनेका छन् ।

    यस्तै, लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा अहिले उक्त विषयमा छानविन भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार