Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कटुवा पेस्तोलसहित सिरहाबाट २ जना पक्राउ


    बिहिबार, मंसिर १५ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • सिरहा। सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको एक थान कटुवा पेस्तोलसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।

    हिजो बुधबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्। 

    इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो।

     प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार