Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • फिल्म ‘महापुरुष’ हेर्न कुलमान घिसिङ हलमा 


    आइतबार, कार्तिक २७ २०७९
    480
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार चाबहिलको एफएक्युब हलमा सपरिवार पुगेर फिल्म ‘महापुरुष’ हेरेका छन्। उनले २५ वर्षपछि आफु फिल्म हल पुगेर फिल्म हेरेको बताए। 

    मह जोडीको अभिनय रहेको र राम्रो छ भन्ने थाहा पाएपछि आफूले फिल्म हेरेको उनले बताए।

    ‘मैले हलमा आएर फिल्म नहेरेको धेरै भयो। मह जोडीको फिल्म भएको र सबैले राम्रो छ भनेपछि हेरेको हो। २५ वर्षभन्दा बढी भयो मैले हलमा फिल्म नहेरेको। यो फिल्म हेर्दा नयाँ अनुभव पाएँ। मनभित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ भन्ने सन्देश दिएको छ। बुढेसकालदेखि छोराछोरी सबैको कुरा फिल्ममा समेटिएको छ। फिल्म राम्रो छ,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार