Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि हिरासतमा राख्न निर्देशन


    शुक्रबार, कार्तिक १८ २०७९
    545
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछालाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा (हिरासत) पठाउन आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो। 

    कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

    यसैगरी, गत मंगलबारदेखि चलेको थुनछेक बहसमा आज शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले उक्त आदेश सुनाएका हुन् ।

    कात्तिक १४ गते लामिछानेलाई १० देखि १२ वर्ष कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित मुद्दा दर्ता भएको थियो।

    एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार