Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • झापा ५ बाट ओलीले गरे मनोनयन दर्ता 


    आइतबार, असोज २३ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर  ५  बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । 

    आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।

    झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।

    आगामी मंसिर ४ गते तय भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि धमाधम उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आज साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार