कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।
संविधान दिवस २०७९ का अवसरमा सोमवार गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरुङले यस्तो बताएका हुन् । उनले तीन वटै तहको सरकारले जनताको समृद्धिका लागि काम गर्नुपर्ने बताए । बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।
उनले भने, ‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचेअनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ । हामीले जनताको घरसम्म पुग्ने गरी काम गर्न आवश्यक छ । जनताका आधारभूत हक अधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्याउनेतर्फ लाग्नुपर्छ ।’
प्रदेश प्रमुख गुरुङले वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको बताए । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
उनले संविधानले कल्पना गरेका विषय संविधान निर्माणपछिको समयमा कति कार्यान्वयन भए भन्ने कुराको समीक्षा गरेर अघि बढ्न जरुरी भएको पनि बताए ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend