Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • चोलेन्द्र शमशेरलाई आराेप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमले दिए चुनौति


    बुधबार, भाद्र २९ २०७९
    625
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति पूर्व न्यायाधीश फोरमले ध्यानाकर्षण भएको जनाएको छ ।

    उनले निलम्बित जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न समेत भनेका छन्।

    बुधबार एक विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको शन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

    उनले आफूमाथि लगाएको महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दावी गरेका छन् । 

    विज्ञप्तिमा भनिएको छ, ‘निलम्बित प्रधान न्यायाधीशको बयानप्रति पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ। साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ।’

    गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    Forum.jpg.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार