काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेसहित ४ सचिवको सरुवा गरेको छ ।
सरुवामा परेका गृहसचिव पाण्डेको अष्ट्रेलिया भ्रमण तय भई हवाई टिकट समेत काटिसकेपछि उनको सरुवा भएको छ । असोज १ गते उनी गृहसचिवकै हैसियतमा अष्ट्रेलिया जाँदै थिए । तर अष्ट्रेलिया जानु भन्दा ४ दिनअघि गृहबाट उनको सरुवा भएको छ ।
गृहमन्त्रालयका एक सहसचिवले भने–‘टिकट काटिसकेकाले अब उहाँ नेपाल सरकारको सचिवको हैसियतले जानुहुनेछ ।’
१३ महिनाअघि २०७८ साउन २५ मा गृहमन्त्रालयको सचिवमा सरुवा भएका टेकनारायण पाण्डे शिक्षा समूहका हुन् । गृहको अनुभव भएकालाई सचिव नबनाई खाँणले शिक्षा समूहका पाण्डेलाई जिम्मेवारी दिएका थिए । गृह बुझेको सचिव लाँदा प्रहरीका सरुवा बढुवामा अडान लिनसक्ने भएकाले एसम्यान खोज्ने क्रममा खाँणले उनलाई लगेका थिए ।
खाँण गृहमन्त्री भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका बढुवामा भएको बेथिति रोक्ने सवालमा सचिव पाण्डेको कुनै भूमिका हुन सकेन । सशस्त्रका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई दीपेन्द्र कुँवरलाई बढुवा गर्दा ऐन नियमको ठाडो उल्लंघन हुँदा समेत बढुवा समितिका अध्यक्षको भूमिकामा रहेका पाण्डेले कुनै भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ ।
सरकारले गृहमन्त्रालयको सचिवमा एक नम्बर प्रदेशका प्रमुख सचिव विनोदप्रकाश सिंहलाई सरुवा गरेको छ । उनी यसअघिकै सचिव सरुवामा गृहमा आउने चर्चा थियो ।
अख्तियारका सचिव तोयम रायालाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योगका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको अतिरिक्त समूहमा लगिएको छ । अख्तियारमा प्रधानमन्त्री कार्यालयका रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । गृहसचिवमा विनोद सिंहलाई सरुवा गरेपछि प्रदेश १ नम्बरको प्रमुख सचिव पदरिक्त भएको छ । तत्काल सचिव बढुवा नहुने भएकाले प्रदेश न एकमा निमित्त प्रमुख सचिवले कामकाज गर्नेछन् ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend