Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • बालेनको डोजरले दियो कोटेश्वरमा झड्का 


    आइतबार, भाद्र २६ २०७९
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले केहि हप्तादेखि सुरु गरेको अभियानलाई जारी राख्दै महानगरले आज कोटेश्वरमा  रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

    कोटेश्वर  क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङका साथ आग्रह  गर्दै आएको भएता पनि अटेर गरेको  भन्दै महानगरको टोली डोजरसहित आज उक्त स्थान पुगेको हो।  

    अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । 

    महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर राख्दै अटेर गरेमा बल प्रयोग गरेर हटाइरहेको छ  । 

    यो महिनामा मात्रै महानगरले कोटेश्वर क्षेत्रमा तीन पटक डोजर चलाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार