Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारी पैसाले निजी जग्गामा घर बनाउँदै कांग्रेस नेतृ, डा. शेखर कोइरालाको संरक्षण


    सोमबार, साउन १९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • डा. शेखर कोइराला, रामचन्द्र पौडेलसँग इन्दिरा थापा । उनले निजी जग्गामा फाउन्डेसनको रकमले मुगामा बनाएको घर ।

    धनकुटा । नेपाली कांग्रेस धनकुटाकी क्षेत्रीय अध्यक्ष इन्दिरा थापाले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको रकमबाट आफ्नो निजी जग्गामा घर बनाएकी छन् । थापा जीपी कोइराला फउन्डेशन धनकुटाकी अध्यक्ष हुन् । फाउन्डेसनका लागि गत आर्थिक बर्षमा सरकारद्वारा बिनियोजित १ करोड १० लाख र यो बर्ष ५० लाखको लागतमा थापाले आफ्नो घर बनाएको आरोप छ । थापाले पाख्रिबास नगरपालिका वडा नं. ८ मुगामा रहेको आफ्नो निजी जमिनमा उक्त घर बनाएको स्थानीय बासिन्दाको आरोप छ ।
    थापा गएको स्थानीय तहको निर्वाचनमा पाख्रिबास नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार थिइन् । तर चुनावमा साविक एमालेका बृखबहादुर राईसँग पराजीत भएकी थिइन् । मेयरको उम्मेदवार हुँदा पनि थापामाथि केयर उमनको नाम दुरुपयोग गरेको आरोप लागेको थियो । निजी जग्गामा फाउन्डेसनको पैसा ल्याउन मिल्दै नमिल्ने थापाले बताइन् । उनले भनिन्–‘निजी जग्गामा घर बनाउन फाउन्डेसनको पैसा ल्याउन काुननले पनि मिल्दैन, म ल्याउने मान्छे पनि होइन । यो आरोपमात्र हो ।’

    १७ बर्षअघि बलबहादुर केसी मन्त्री हुँदा थापा बस्ने बिशालनगरस्थित घरमा राति पर्खाल चढेर भित्र जान खोजेको समाचार खुब चर्चामा आएको थियो । यद्यपि उक्त बिषय केसी र स्वयं थापाले अस्वीकार गरेका थिए । नेता केसीले त्यो बेला आफूमाथि षडयन्त्र गरिएको दाबी गर्दैआएका दाबी गर्दैआएका छन् । त्यसपछि अमेरिका गएकी थापा द्धन्द्धकालभरी अमेरिका बसी नेपाल फर्किएकी हुन् । नेपाल फर्किसकेपछि उनी धनकुटामा कांग्रेसको राजनीतिमा सक्रिय छिन् । उनी डा. शेखर कोइरालाको गुटको राजनीति गर्ने भएकाले धनकुटामा उनलाई जीपी कोइराला फाउन्डेसनदेखि एनजीओहरुको पनि हर्ताकर्ता बनाइएको छ ।

    कांग्रेस नेता डा.शेखर कोइरालाको आडभरोसामा उनी जीपी कोइराला फाउन्डेसनको जिल्ला अध्यक्ष भएको र त्यसको बजेटले निजी जग्गामा भवन बनाएको आरोप लागेको छ । यद्यपि उनले धेरै सरकारी जग्गा भएको र केही जग्गा आफ्नो आमाको नाममा रहेको स्वीकार गरिन् । आमाको निधन हुनुअघि नै केयर उमन नामक सामाजिक संस्थालाई दिने भनेर भनिसकेको र अमेरिकामा रहेका दाजुहरुले करारनामा दिइसकेको पनि उनको भनाइ छ । यद्यपि जग्गा ब्यक्तिकै रहेको अवस्थामा भवन बनाउन स्वीकृति कसरी दिइयो र सरकारले फाउन्डेसनको बजेटबाट कसरी भुक्तानी दियो भन्ने सवाल स्थानीयले उठाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार