काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाएका छन् ।
बुधवार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुगेका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्सासमेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्सालाई समस्या नै नमानेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्साको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्सालाई समस्या नै नमानेको आरोप लगाए । अध्यक्ष ओलीले गठबन्धन सरकारले आफ्नो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए ।
ओलीले नक्सा सार्वजनिक गरेको दाबी गरेका भए पनि लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सा भने अहिलेसम्म सार्वजनिक भएको छैन । ओलीले नै नक्सा सार्वजनिक गर्न रोक लगाएका थिए । भूमिब्यवस्था मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेपछि ओलीकै निर्देशनमा रोकिएको थियो ।
सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराए । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलविर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोककुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend