काठमाढौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन् ।
श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन् । उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको,मेलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुनेका छन् । मन्त्री कुँवरले अब प्रत्येक आईतवार बिहान १ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताएका हुन्। । मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने बताए । उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानूनको कठघरामा ल्याउने अश्वासन दिए ।
मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौं भन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताए । । उनले कुनै कामको थालनी अन्त्य गर्नको लागि नभइ जनतालाई सहज र निरन्तरता दिनको लागि शुरुवात गरिने दाबी गरे । मन्त्री कँुवरले कल सेन्टरमा मन्त्री आफैँ बसेर श्रमिकको गुनासो सुन्नुको उददेश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताए । उनले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताए। उनले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । मन्त्री कुँवरले श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेको बताए । उनले त्यो जटिलता समाधान गर्नको लागि मन्त्रालय कानून निर्माणमा पनि लागेको बताए । मन्त्री कुँवरले श्रमिकहरुलाई बुझदै नबुझि विदेश नजान पनि आग्रह गरे ।
उनले भने,‘ कल सेन्टरमामा बसेर श्रमिकका गुनासो सुन्ने काम निरन्तरता हुन्छ । कुनैदिन बाहिर गएको बेलामा स्थगित हुनसक्छ तर त्यो भन्दा बाहेक अन्य दिन निरन्तर हुन्छ । कुनैपनि काम शुरुवात गर्ने भनेको ब्रेक गर्नको लागि होइन । निरन्तरता दिएर सहजताको लागि हो । यसको उदेश्य भनेको श्रमिकका समस्याबारे मन्त्रालयले प्रत्यक्ष रुप थाहा पाउने श्रमिकहरुले प्रत्यक्ष रुपमा भन्दा पाउँदा समस्या समाधान हुने रातह हुन्छ । मन्त्रालयको टिम जनताको अभिभावक हो । मन्त्रालयको उच्च नेतृत्वसँग संवाद गर्दा राहतको अनुभुति हुन्छ भनेर यो कार्य अगाडि बढाएका हौं । सरकारले श्रमिकको उजुरी नसुनेको होइन । गुनासो सुन्ने नभएको होइन । विभागका परेका उजुरी सम्बोधन भएको विषय हेर्दा थाहा हुन्छ । हामीले गरेको प्रमाणहरु छन । सरकारले धेरै काम गरेको छ थोरै मात्र बाँकी छन । त्यो पनि मन्त्रालय गर्छ । केही मन्त्रालयको दायरा भन्दा बाहिरका मुददाहरु रहेकाले काम गर्न सकिएको छैन । ऐन र कानून अनुसार परेका मुददाहरुको किनारा लगाइन्छ । नेपालबाट श्रम स्वीकृत गरेर विदेशमा गएर मुत्यु भएका श्रमिकलाई नेपाल ल्याउन कुनै समस्या छैन । तर श्रम स्वीकृत नभइ विदेशमा पुगेका र त्यहीँ मृत्यु भएकालाई नेपाल ल्याउन केही कानूनी जटिलताहरु रहेका छन । अहिले सरकारको डाटा अनुसार ४६ लाख नेपाली नागरिकहरु विदेशमा रहेका छन् । विदेश जाँदा हामी बुझेर मात्रै जाऔं । कामको प्रकृति हेरेर मात्रै विदेश जान बाटो तय गरौं । धेरै कुरा नबेझेर पनि समस्या आएका छन । अहिले विमानस्थलमा जाँदा श्रमिकहरुलाई कुन देश जान लागेको समेत थाहा हुँदैन । श्रमिकहरु घरबाट नै ठगिएका छन । यो ठगिनबाट जोगिनुपर्छ । विदेशमा लैजान्छु भन्ने जसलाई पायो त्यसलाई पैसा दिने बिना प्रमाण पैसा दिने प्रवृत्तिको पनि विकास भएको छ । विदेशमा जानु नेपालीको बाध्यता हो । बाध्यताका बाबजुत पनि विदेशमा गएका छौं । विदेशमा रहेका नेपालीहरुका समस्याहरुमा धेरै समस्याहरु रहेका छन । विदेशमा जाँदा बुझेर मात्रै जाऔं । समस्या परेको खण्डमा मन्त्रालय लगायत विभिन्न विभागहरु रहेका छन । श्रमिकहरुबाट आएका गुनासाहरुलाई संकलन गर्छौं । तत्काल सम्बन्धित निकायहरुले बुझेर समस्या समाधान गर्नुहुन्छ ।’
त्यस्तै,मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताए । उनले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताए ।
उनले भने े,‘ कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेका छन । त्यसमा विभिन्न प्रकृतिका उजुरीहरु आउँछन । उपसचिवले ती उजुरीलाई छनोट गरेर प्रहरीमा पठाउने उजुरी प्रहरीलाई पठाउनु हुन्छ । विभिन्न विभागका भए विभागहरुमा जान्छ । यो काम संस्थागत हिसाबले अगाडि बढेको छ । कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैया पीडितहरुको असुल गरेका छौं । पहिला १६ घण्टा उजुरी दिन सकिने थियो भने अहिले २४ घण्टा दिन सकिन्छ ।’
उनले कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ पीडितहरुको असुल गरेको दाबी गरे