काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन भएका छन् । नेताहरु बर्षमान पुन, जनार्दन शर्मा र पम्फा भूसालले महासचिवमा दाबी गरेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुरुङलाई जिम्मेवारी दिएका छन् ।
शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा भएका छन् । महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल र मातृका यादव चयन भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।्
दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाँण्डे, डिलाराम आचार्य र राम कार्की सचिव भएका छन् । ह कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् । विशेष महाधिवेशन छिट्टै गर्ने र त्यसअघिसम्मका लागि पदाधिकारीहरुको चयन गरिएको पार्टीका उपाध्यक्ष महराले बताए ।
बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणापत्र मस्यौंदा समिति समेत बनाएको छ । जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन् ।
गठबन्धनको तर्फबाट पनि साझा चुनावी घोषणापत्र आउने र पार्टीको तर्फबाट पनि घोषणापत्र ल्याउने गरी सो समिति बनाइएको उपाध्यक्ष महराले बताए ।
माओवादी केन्द्रले चुनावलाई लक्षित गरी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमको मिति पनि तय गरेको छ । जस अनुसार भदौ ८ गते मधेश प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ । ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश १, ११ गते लुम्विनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा चुनावीलाई लक्षित गरी बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ ।
बैठकले पार्टीमा आवद्ध विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय समेत गरेको माओवादी केन्द्रले जनाएको छ ।
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend