काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भुमिका रहने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफनो पूर्वाग्रह त्याग्नुपर्ने कुरामा जोड दिएका छन् । उनले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भूमिकाको आवश्यकता पर्ने उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताए । उनले भने– ‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझैपनि । र अनि विकास, निर्माण र सुशासनलाई अगाडी बढने वातावरण निर्माण हुन सकेको छैन । मलाई के लाग्छ भने यो कुनै घमण्डको कुरा होइन, जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि रगतको खोलो बगायो । बलिदानका अनगिन्ति कीर्तिमान कायम गरेर एउटा निश्चित विचार श्रृंखलासहित यहाँ आएको नेतृत्व फेरि एकचोटी नेता र जनताको बिचमा स्थापित नगरीकन, राष्ट्रलाई ठिक ढंगले नेतृत्व नगरिकन जनता र इतिहासको यो आकांक्षा पूरा हुनेवाला छैन ।
हामीहरुले एकचोटी फेरि संकल्प गर्नुपर्दछ, केही परिवर्तनका वाहकहरुलाई पन्छाएर परिवर्तन बिरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छ भन्ने कुरा प्रमाणित गर्नको लागि तपाई हामीले चुनौती सामना गर्नैपर्नेछ । म अन्य राजनीतिक दलका युवा प्रतिनिधि साथीहरुलाई पनि म विशेष रुपले अपील गर्न चाहन्छु । विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा यो राष्ट्रलाई एकतावद्ध गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने र सुशासन र विकासलाई इमान्दारिताको साथ अगाडी बढाउनको लागि तपाई हामी सबैको भुमिका सामुहिक रुपले आवश्यक भएको छ । तपाई हामी सबैले कुन विचार र कुन नेतृत्वबाट यो राष्ट्र एकतावद्ध हुनसक्छ । यसले देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङग, समुदायका भावनालाई प्रतिनिधित्व गर्नसक्छ भन्ने बारेमा चिन्तन गरौँ । मनन गरौँ । र त्यो वातावरण बनाउन आ–आफनो ठाउँबाट भुमिका खेलौँ ।’
उनले देशको राजनीतिक परिवर्तनहरुमा पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend