Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परिवर्तन बिरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छैनः प्रचण्ड


    शुक्रबार, भाद्र ३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भुमिका रहने बताएका छन् । 

    शुक्रवार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफनो पूर्वाग्रह त्याग्नुपर्ने कुरामा जोड दिएका छन् ।  उनले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भूमिकाको आवश्यकता पर्ने उल्लेख गरेका छन् ।

     अध्यक्ष दाहालले कुन विचार र नेतृत्वबाट राष्ट्र एकतावद्ध हुनसक्छ भन्ने विषयमा मनन गर्नुपर्ने बेला आएको बताए । उनले भने– ‘हाम्रो देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझैपनि । र अनि विकास, निर्माण र सुशासनलाई अगाडी बढने वातावरण निर्माण हुन सकेको छैन । मलाई के लाग्छ भने यो कुनै घमण्डको कुरा होइन, जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि रगतको खोलो बगायो । बलिदानका अनगिन्ति कीर्तिमान कायम गरेर एउटा निश्चित विचार श्रृंखलासहित यहाँ आएको नेतृत्व फेरि एकचोटी नेता र जनताको बिचमा स्थापित नगरीकन, राष्ट्रलाई ठिक ढंगले नेतृत्व नगरिकन जनता र इतिहासको यो आकांक्षा पूरा हुनेवाला छैन ।

    हामीहरुले एकचोटी फेरि संकल्प गर्नुपर्दछ, केही परिवर्तनका वाहकहरुलाई पन्छाएर परिवर्तन बिरोधीहरुको हातबाट यो देशमा सुशासन र विकास असम्भव छ भन्ने कुरा प्रमाणित गर्नको लागि तपाई हामीले चुनौती सामना गर्नैपर्नेछ । म अन्य राजनीतिक दलका युवा प्रतिनिधि साथीहरुलाई पनि म विशेष रुपले अपील गर्न चाहन्छु । विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा यो राष्ट्रलाई एकतावद्ध गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने र सुशासन र विकासलाई इमान्दारिताको साथ अगाडी बढाउनको लागि तपाई हामी सबैको भुमिका सामुहिक रुपले आवश्यक भएको छ । तपाई हामी सबैले कुन विचार र कुन नेतृत्वबाट यो राष्ट्र एकतावद्ध हुनसक्छ । यसले देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङग, समुदायका भावनालाई प्रतिनिधित्व गर्नसक्छ भन्ने बारेमा चिन्तन गरौँ । मनन गरौँ । र त्यो वातावरण बनाउन आ–आफनो ठाउँबाट भुमिका खेलौँ ।’

    उनले देशको राजनीतिक परिवर्तनहरुमा पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार