Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • माओवादी सांसदको आरोप राष्ट्रपतिले विवेकको प्रयोग गर्नुभएन


    बिहिबार, भाद्र २ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौंं। नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको छ । 

    बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रपतिले समेत नागरिकता विधेयकको बारेमा विवेकको प्रयोग गर्न नसकेको आरोप लगाउनुभएको हो । उहाँले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताउनु भयो । सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिनुभयो । उहाँले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने बताउनु भयो । उहाँले नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौँ । यो वहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुँदैन । नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने ? यो वहस पनि छैन । यहाँ कुन कोणबाट वहस भइरहेको छ । छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ । जानपनि सक्छन आउनपनि सक्छन, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ । थर फेर्न, नाम फर्न चाहनेलाई पनि नागरिकता दिनुपर्छ । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहन्छ ? ठूला वहस गर्नेलाई मेरो चुनौती छ । इभन सम्मानित राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरुको के कुरा गर्ने ।’

    सांसद बिशंखेले सहज रुपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताउनु भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार