काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकाेटाकाे स्कर्टिङमा रहेको सवारीसाधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएपछि सापकाेटासहित सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मीकाे काेराेना परीक्षण गरिएकाे थियाे।
आइतबार आएको रिपोर्टमा सभामुख सापकोटा लगायत उनको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको काेराेना परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे हो।
शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको हाे।