काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष खड्ग ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भीर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’ को रुपमा प्रस्तुत गरेको जिकीर समेत गरेका छन् ।
संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफनो बहुमतको तागत देखाइदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाइ थियो । सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताए ।
ओलीले भने–‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस् । यो धेरै गम्भीर महत्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ । संसदमा होइन बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाउने । हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकी छ । के छलफल हुन्छ अव । पाखुरेहरुले पाखुराको भाषा बोलिसके हिजै–जस्ताको तस्तै पठाइदिने । हाम्रो बहुमतको तागत देखाइदिने । को हो राष्ट्रपति, संसदलाई विचार गर्नु भन्ने ? यस्ता घमण्डीहरुले तर्क छैन, तार्किकता होइन । बल, पाखुरा, मसलका कुरा गर्नेहरु । यस्ताले देश चलाउँछन् ? देशको दुर्भाग्य हो यो । यस्तो सरकार छ देशमा । यो संसदीय अभ्यास नै होइन । संसदमा काँग्रेस होला, माओवादी केन्द्र भन्ने होला । माधव नेपालको पार्टी होला । गठबन्धनको पार्टी होला नि संसदमा । त्यहाँ बहस गरे हुन्छ नि । अनि बाहिर यसै फिर्ता गर्ने निर्णय त भइसक्यो उनीहरुको । कस्तो संसदीय अभ्यास । विचारविमर्श नगर्ने, सोझै पठाइदिने–जस्ताको तस्तै । कुरा राम्रो, नराम्रोको मतलव छैन । हाम्रो पाखुराको कुरा हो यो । यस्तालाई सरकारका राख्नुहुन्छ ? नेपाली जनताले । यी खोपडीमा टाउकामा बुद्धि नभएका, पाखुरामा मसल मात्रै भएका हुन् । खोपडीहीन मसले ।’
अध्यक्ष ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नरहेको दावी समेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडीरहेको काँग्रेस आचरण, नीति र व्यवहार सबै हिसावले लोकतान्त्रिक हुनै नसक्ने उनको तर्क थियो । ओलीले विगतमा पनि काँग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप लगाए । उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको दोहो¥याए ।
अध्यक्ष ओलीले भने–‘काँग्रेस अव कहीँकतै लोकतान्त्रिक पार्टी रहेन । काँग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्न अव बेकार छ । काँग्रेस प्रचण्डको कार्यकर्ता हो । अव अरु पार्टीहरुको चर्चा नगरौं । समय किन खर्च गर्नु ? काँग्रेसमा लोकतान्त्रिक आचरण, नीति, सिद्धान्त, व्यवहार केही पनि रहेन । इतिहासमा पनि काँग्रेसले पटकपटक अलोकतान्त्रिक क्रियाकलाप गरेर आएको पार्टी हो । देश हितका विरुद्ध अनेक क्रियाकलाप गरेर आएको पार्टी हो । त्यो काँग्रेस सुध्रियला कि । अनुभवबाट सिक्ला कि भनेको । झनझन काँग्रेस बिग्रदै गएको छ । माओवादी पार्टी भने प्रचण्ड एण्ड कम्पनी हो । यसले कुनै पार्टीको रुप नै लिएको छैन । र, काँग्रेस प्रचण्ड एण्ड कम्पनीको पछिपछि त्यही नीतिमा लुरुलुरु हिँडी राखेको छ । त्यही व्यवहार र आचरणमा ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफनो पार्टीले बहुमत ल्याउनुपर्ने पटकपटक दोहो¥याए ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend