काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादका कारण अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिन सम्वाद हुन सकेन ।
गत साउन १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय ढंगबाट स्थायी समिति बैठक स्थगित गरेसँगै दुबै अध्यक्षबीच कुराकानी हुने सकेको थिएन । तर शुक्रबार प्रचण्डले ओलीका विश्वासपात्र नेकपा महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेपछि आज दुई नेताबीचको भेट सम्भव भएको बुझिएको छ ।
आज बिहान १० बजे नै प्रचण्ड पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार गएको थाहा भएको छ । अहिले छलफल जारी रहेको र विष्णु पौडेल समेत त्यसमा सहभागी भएको बालुवाटार स्रोतले बताएको छ ।
पछिल्लो समय छलफलमा बोलाउँदै ओलीले गम्भीर कुराकानी नगर्ने अनि आफ्ना निकटस्थलाई हुँदै नभएको सहमति भएको हल्ला फैलाउने रणनीति लिएका छन् । यसका लागि प्रम सचिवालयका मान्छेहरु र ओली निकटस्थहरु प्रयोग गरिरहेको खुमलटार स्रोतले आरोप लगाएको छ ।
सोहीकारण आजको छलफलमा प्रचण्ड एक्लै नगइ नेता झलनाथलाई साथै लगेको खुमलटार स्रोतले दावी गरेको छ ।
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend