Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्र र नेसपाले संयुक्तरुपमा दल दर्ता गराए


    मंगलबार, साउन ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्तरुपमा दल दर्ता गरेका छन । 

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज (मंगलवार) निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन । दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लडने सहमति भएको थियो । मंगलवार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भटटराईलाई पनि आफनै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

    नेसपा अध्यक्ष डा. भटटराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए । दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए ।

    आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन भने बाँकी दल आजसम्म दर्ता हुनेछन । आगामी निर्वाचनका लागि काँग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन । नेपाली काँग्रेसले पनि आज नै दल दर्ता गराउनेछ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लडन चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार