Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनी माफिया शशीकान्त अग्रवालको प्रभावमा सरकार, ५५ रुपैयाँ प्रतिकिलो पाइने चिनी कसरी १ सय पुग्यो ?


    आइतबार, साउन १८ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौै । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न सरकारले ऊखु खेतीलाई प्रोत्साहित गरी विगतमा भ्याटफिर्ता दियो । अहिले चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क लागू गरेको छ । भारत र पाकिस्तानबाट चिनी आयातमा विगतमा १५ प्रतिशत भन्सार शुल्क लागू हुँदा नेपालमा ५० रुपैयाँ प्रतिकेजी पाइने चिनी अहिले बजारमा १ सय रुपैयाँ पुगेको छ ।

    चिनीमा चर्को भन्सार शुल्क लगाएर भारतबाट राति राति चोरी तस्करीको चिनी ल्याउँदै नेपाली चिनी उद्योगको बोरामा प्याक गर्दै बजारमा प्रतिकेजी १ सय रुपैयाँमा बिक्री गर्ने काम शशिकान्त अग्रवालहरुले गरिरहेका छन् । ऊखु किसानलाई प्रोत्साहित गर्नका लागि भनेर चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको फाइदा चिनी उद्योगी शशिकान्त अग्रवालहरुले लिने गरेका छन् । ऊखु किसानले पाउन सकेका छैनन् । नेपाली ऊखु किसानहरुको ४ बर्षदेखि भुक्तानी नदिएका शशिकान्त अग्रवालहरुले विगतमा रु. ६ अर्ब भ्याटफिर्ता लिएका थिए । ऊखुखेतीको प्रबद्र्धनका लागि सरकारले दिएको भ्याटफिर्ता शशीकान्त अग्रवालहरुले खाए । ऊखु किसानहरुले आफ्नो उत्पादनको मूल्यसमेत पाउन सकेनन् ।

    सरकारले दिएको भ्याट सबै शशीकान्तहरुले खाए । र, अरबौं रकम भुक्तानी लिएर नक्सालमा म्यारियट होटल नै खोलेका छन् । नेपाली ऊखु किसानको रगत पसिनाको कमाइ खाएर अग्रवालहरुले पाँचतारे होटलमा लगानी गरेका छन् । सरकारका मन्त्री र सचिवहरुसँग साँठगाँठ गरी ऊखु किसानको नाममा फाइदा लिएका शशीकान्तहरुले गर्दा नै अहिले बजारमा चिनीको हाहाकार गराई प्रतिकिलो १ सय रुपैयाँ पुर्याइएको छ ।

    चिनीको आयातमा ४० प्रतिशत भन्सार लगाउनका लागि प्रभावित पार्ने काम पनि शशीकान्तहरुले नै गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी आयातमा भन्सार शुल्क बढाउने निर्णयमा आफूलाई फसाइएको स्वीकार गरे पनि त्यो निर्णय सच्याएका छैनन् । पूर्व उद्योग मन्त्री मात्रिका यादवले चिनी माफियाको चास्नीमा प्रधानमन्त्री कार्यालय नै परेको बयान संसदीय समितिमा दिएका थिए ।

    यसरी शशीकान्त अग्रवालहरुले प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालहरुलाई नै प्रभावमा पारी चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क लगाउने काम गरेकाले अहिले बजारमा चिनीको मूल्य आकासिएको छ । शशीकान्तहरुले भारतका सीमावर्ती जिल्लाहरुबाट तस्करीको चिनी नेपाली रुपैयाँ ४० प्रतिकेजी ल्याएर आफ्नो उद्योगको बोरोमा प्याक गरी प्रतिकिलो ४० रुपैयाँ मुनाफा खाँदा पनि राज्य मौन छ । भारतबाट नेपालतर्फ चिनीको तस्करी रातभर हुँदैआएको छ । जुन चिनी शशीकान्तहरुले अरबौं ब्रम्हलुट गर्न छुट पाएका छन् ।

    आयात नहुँदा र स्थानीय उत्पादनले माग नधान्दा बजारमा चिनी अभाव भएपछि सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य संस्थानलाई २० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्न अनुमति साउन १५मा दिएको छ । तर यो अस्थायी समाधान हो, चिनीको भन्सार महसुल पुनः १५ प्रतिशत नै कायम गरी बजारमा बढीमा प्रतिकिलो ५५ देखि ६० रुपैयाँमा चिनी खरिद गर्न पाउने उपभोक्ताको अधिकार सरकारले हनन्. गर्नु हुँदैन भन्ने उपभोक्ताकर्मीहरुको माग छ ।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार संसारमा नै सस्तो मूल्यमा चिनी बेचिरहेको बेलामा नेपालमा सय रूपैयाँ भन्दा बढी तिरेर खानुपरेको छ । उद्योगी भन्छन्, बिदेशी चिनीले गर्दा नेपाली चिनी बिक्री नै भएन । सरकार भन्छ आपूर्ति व्यवस्था सहज हुन्छ अभाव छैन । व्यापारी भन्छन् बजारमा चिनी नै छैन । तर पैसा भयो भने बजारमा जति पनि चिनी पाइन्छ ।
    किनकि यहाँ उद्योगी, व्यापारी र सरकारी सबैको मिलोमतो छ ?
    भारतबाट तीन हप्ताभित्र १ सय हजार मेट्रिक टन चिनी चोरी पैठारी भई बजारमा आएको खबर छ ।

    मञ्चका अध्यक्ष महर्जनले नै चिनी चोरी पैठारी भएको उल्लेख गरेबाट शशीकान्तहरुको धन्दा छर्लङ्ग हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार