Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक


    सोमबार, साउन ३० २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ ।

    सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भटट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङबोको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै अभिनेता मगरले नेपाली सिने क्षेत्रमा स्टारडम बनाउन र अरुको ठाउँ ओगटन आफू नआएको बताउनु भयो । उहाँले आफनो कलालाई सकेसम्म राम्रो गर्ने उददेश्यका साथ कलाकारितामा लागेको र अग्रजहरुका अभिनयलाई हेरेर सिक्दै अघि बढने बताउनु भयो । त्यस्तै अभिनेत्री बुढाथोकीले काम गर्दा कुनै कठिनाइ नभएको बताउनु भयो । उहाँले फिल्ममा धेरै मिहेनत गरेर बनाएकोले हेर्नयोग्य चलचित्र रहेको बताउनु भयो ।

    चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ । चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो । फिल्म अभिनेत्री बुढातोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन । फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार