काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसामु नागरिकता बिधेयक प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने निर्णय लिन २ दिनमात्र बाँकी छ । नागरिकता विधेयक मंगलबारसम्म प्रमाणिकरण गर्ने र फिर्ता गर्ने निर्णय दिनुपर्नेछ । संसदको दुवै सदनले पारित गरी पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणिकरण गर्ने वा संसदमा फिर्ता गर्ने निर्णय गर्नुपर्ने कानुनी ब्यवस्था छ ।
कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेमा राष्ट्रपतिले विधेयक आएको १५ दिनभित्र संसदमा नै पठाउन सक्ने संवैधानिक प्रावधानका कारण मंगलबारसम्मको समयसीमा राष्ट्रपति भण्डारीलाई छ । राष्ट्रपतिले बिधेयक प्रमाणिकरण नगरी संसदमा फिर्ता पठाउन त सक्छिन् । तर त्यो बिधेयक फेरि संसदले पारित गरी पठाएमा राष्ट्रपतिले संविधानतः प्रमाणिकरण गर्नैपर्छ । संसद भंग नभएको र सदनको अधिवेशन चालु नै रहेकाले सत्तापक्षले फेरि उक्त बिधेयक पारित गरी पठाउने संभावना जीवितै छ ।
राष्ट्रपति भण्डारीको सचिवालयले नागरिकता बिधेयक अध्ययन गरिरहेको बताउँदैआएको छ । नागरिकता बिधेयक प्रमाणिकरण नगर्न एमालेले राष्ट्रपतिमाथि दबाब बढाउँदै लगेको छ । औपचारिक रुपमा एमालेले दबाब नदिए पनि एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, प्रमुख सचेतक बिशाल भट्टराईदेखि सूर्य थापासम्मले नागरिकता बिधेयक राष्ट्रपतिले प्रमाणित नगरी फिर्ता पठाउनुपर्ने बताउँदैआएका छन् ।
नागरिकता बिधेयकमा समेटिएको विवाहलगत्तै नागरिकता दिने प्रावधानले जनसंख्याको चाप बढ्ने भन्दै एमालेका नेताहरुलले बिरोध गर्दैआएका छन् । तर एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुँदा २०७७ बैशाखमा ल्याएकै अध्यादेश अहिले संसदमा पेश गरेको जिकिर सत्तापक्षको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend