काठमाडौं । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनको कोषाध्यक्षमा विवादित ब्यापारी लीलाबहादुर लामा (टासी)लाई चयन गरिएको छ । लामा विभिन्न आपराधिक घटनामा जेल सजाय भुक्तान गरेर आएको व्यक्ति हुन् ।
लामालाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद सजाय फैसला गरेको थियो । लामा लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए । तर २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो । लामामाथि बैंक लुटपाटको अभियोग लागेको थियो ।लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकर कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेका थिए ।

लामाले जेलभित्रबाट ब्राउन सुगरको कारोबार गरेका थिए । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफिसपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपियाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए ।
त्यस बेला लामाको साथबाट १५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
तिनै लामालाई गएको फागुनमा पर्यटन बोर्डको सदस्य नियुक्ति गरेपछि तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आले पनि विवादमा परेका थिए । मन्त्री आलेले तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जोडबल र राजेन्द्र सापकोटा (बोर्डको सदस्य सिफारिस समिति सदस्य)कै अनुरोधमा सदस्य नियुक्ति गरेको जिकिर गरेका थिए । झाँक्रीले तिहारमा टिका लगाउने भाइ भनेपछि आफूले सिफारिस गरेको आलेले नेकपा समाजवादीका नेताहरुलाई भनेका थिए । ब्राउन सुगर र बैंक लुटपाटमा संलग्न भएको समाचार आएपछि आलेले नै उनलाई राजीनामा दिन दबाब दिएका थिए ।
लामाले राजीनामा दिन आनाकानी गरेपछि आलेले प्रहरीको सीआइबीमा कारबाही गर्न पठाउने भनेपछि उनले राजीनामा दिएका थिए । उनले बोर्ड सदस्य हुनका लागि २० लाख रुपैयाँ घुस खुवाएको पोल समेत खोल्दिने धम्की आलेलाई दिएका थिए । तर आलेले आफूले लामासँग रकम नलिएको दलिल नेताहरुसँग गरेका थिए । लामाले म्यानपावर ब्यवसायीदेखि धेरैलाई करोडौं ठगी गरेको आरोप पनि लागेको छ ।
संघमा को को चयन भए ?
एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसासी संगठनको २०७९ साउन १३ सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले पूर्णबहादुर कुँवरलाई अध्यक्षतामा अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी चयन गरेको थियो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा निर्वाचित भएका छन् । महासचिवमा यमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन भएका छन् ।
संगठनका पाँच सचिवहरूमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनी रहेका छन् ।
उपाध्यक्षमा टीकाराम गुरुङ, सुधीरकुमार उपाध्याय, केदारनाथ शर्मा, महेश भट्टराई, लंकबहादुर शाही र सागर अधिकारी निर्वाचित भएका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend