Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन २७ गते शुक्रवारको राशिफल


    शुक्रबार, साउन २७ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज परिवारजनको साथले नयाँ आशा जगाउने छ । शुभ समाचार सुन्न पाइएला । आश मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    चलाखीपूणर् बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्ने छ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । भक्ति पनि बढ्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्ने छ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज अपजस मिल्नसक्ने भएकाले सजग रहनु होला । आर्थिक कारोबारमा मन्दी आउने छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार