काठमाडौं । पार्टी निर्णयलाई चुनौती दिंदै मन्त्रीबाट राजीनामा नदिने, मन्त्रीबाट हटेपछि पार्टीको जिम्मेवारी पूरा नगरी नेतृत्वलाई खुइल्याउन तल्लीन नेताहरुको ब्यवहारबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चिन्तित तुल्याएको छ । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रबृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको गुनासो गरेका छन् ।
नेकपा समाजवादीले मन्त्रीपरिषद पुनर्गठन गरेपछि रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ किसान, बिरोध खतिवडा र प्रेम आले पार्टीकै निर्णय मान्दैनौं भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोमा धाएका थिए । उनीहरुले मन्त्री पदमा टिक्न नपाएको आक्रोश पार्टी अध्यक्ष नेपालतिर पोखिरहेका छन् । सबैभन्दा बढी आक्रोस रामकुमारी झाँक्रीले पोखिरहेकी छन् ।
पदका लागि मरिहत्ते गर्ने झाँक्रीसहितका पूर्वमन्त्रीतिर संकेत गर्दै अध्यक्ष नेपालले भने–‘म’बाट सुरु गर्ने प्रवृत्ति व्याप्त गरेको र ‘म’ ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने उनको धारणा रहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend