काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मौसम आंशिकदेखि सामान्य बदलिरहेको जनाएको छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, वागमती र गण्डकी प्रदेशका एक–वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति वागमती, गण्डकी, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
वागमती र गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।