Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन २५ गते बुधवारको राशिफल


    बुधबार, साउन २५ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    श्रमको उचित मूल्याङ्कन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । कुनै कुराले मनमा शान्ति छाउला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    धर्म, कर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । सोचेको र चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    गर्न खोजेका काममा सर्वत्र बिघ्नबाधा देखा पर्नेछ । सोचेका काममा उल्टापाल्टा परिणाम आउने अवस्था छ, तर साँझमा शुभ समाचार मिल्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने र सफल यात्राको योग पनि छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज धर्म, कर्ममा रुचि बढ्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार