काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा अहिले चर्चा भएजस्तो विषयमा विवाद नभएको बताएका छन्। ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने बहस नै अहिले विवादको कारण रहेको बताए ।
दाहालले भने, ‘राजनीतिक अस्थीरता र एकताका निम्ति पद त्याग गर्दै आएका छौं। अहिले बाहिर प्रचार गरिएजस्तो पदको झगडा होइन, विधि र पद्धतिकै बहस हो।’
पार्टी एकता ठूलो राजनीतिक छलाङ भएको उनले बताए। दशकौंसम्म बोलचाल नभएका कम्युनिष्ट समूहहरु दश दिनभित्रै एकै ठाउँमा बस्ने अवस्था आएको उनले बताए।
पार्टीभित्रको अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको भने उनले स्वीकारे। तर, कम्युनिष्टहरु जालझेल, छलकपट नअपनाउने भएकाले संघर्ष सधैं तिखो हुने गरेको उनले बताए। दाहालले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने भएकाले त्यसलाई कदर गर्दै पार्टी अझ माथिल्लो स्तरमा सुदृढ गरिने बताए।
गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठककै बीच नेकपाभित्रको संघर्ष चुलिएको छ। १३ साउनमा स्थायी कमिटी बैठकबारे दुवै अध्यक्षले फरक–फरक निर्णय लिए यता कुनै सम्वाद समेत हुन सकेको छैन।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend