Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड भन्छन्– नेकपामा पदको होइन, पद्धतिको बहस हो


    शनिबार, साउन १७ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा अहिले चर्चा भएजस्तो विषयमा विवाद नभएको बताएका छन्। ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने बहस नै अहिले विवादको कारण रहेको बताए ।

    दाहालले भने, ‘राजनीतिक अस्थीरता र एकताका निम्ति पद त्याग गर्दै आएका छौं। अहिले बाहिर प्रचार गरिएजस्तो पदको झगडा होइन, विधि र पद्धतिकै बहस हो।’

    पार्टी एकता ठूलो राजनीतिक छलाङ भएको उनले बताए। दशकौंसम्म बोलचाल नभएका कम्युनिष्ट समूहहरु दश दिनभित्रै एकै ठाउँमा बस्ने अवस्था आएको उनले बताए।

    पार्टीभित्रको अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको भने उनले स्वीकारे। तर, कम्युनिष्टहरु जालझेल, छलकपट नअपनाउने भएकाले संघर्ष सधैं तिखो हुने गरेको उनले बताए। दाहालले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने भएकाले त्यसलाई कदर गर्दै पार्टी अझ माथिल्लो स्तरमा सुदृढ गरिने बताए।

    गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठककै बीच नेकपाभित्रको संघर्ष चुलिएको छ। १३ साउनमा स्थायी कमिटी बैठकबारे दुवै अध्यक्षले फरक–फरक निर्णय लिए यता कुनै सम्वाद समेत हुन सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार