Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्र्याङ्कको नाममा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ


    मंगलबार, साउन १० २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्र्याङ्क भिडियोका बनाउने भन्दै  महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

    पक्राउ परेका युट्युबर नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल रहेको प्रहरीले जनाएको छ । भुसाल ‘बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक रहेको खुल्न आएको छ । 
    उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए ।भुसाललाई  प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।
    उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार