काठमाडौं । कलाकार रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्म ‘मुस्कान’मा वन तथा वातावरणमन्त्री प्रदीप यादवले नायकको भूमिकामा अभिनय गर्ने भएका छन् ।
एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको मुख्य भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।
साउन अन्तिमदेखि फिल्मको छायांकन सुरु हुने निर्देशक ढुंगानाले बताए । फिल्मको तयारी लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरेका छन् ।
उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।
निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पु¥याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् । ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उहाँलाई पनि हिरो बनाउन लागेका हौं,’ ढुंगानाले भने ।
फिल्ममा मुस्कान स्वयंको पनि प्रमुख भूमिका हुन्छ । यसबाहेक रमितसँग रोधी घर र पृथ्वीनारायण शाह नामक दुई फिल्म पनि पाइपलाइनमा छन् । अहिले यी दुई फिल्मको अनुुसन्धान र स्क्रिप्ट लेखनको कार्य भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend