Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • साफ यू- २० खेल्न भारत जाने नेपाली फुटबल टोलीको बिदाइ


    शनिबार, साउन ७ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघले आगामी साताबाट भारतमा  सुरु हुने साफ यू–२०  च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा हिजो साउन ६ गते शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।
    एन्फाले सोमबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेको थियो । दिपेश राई चोटका कारण बाहिरिएपछि उनको स्थानमा रोहित सुब्बालाई टोलीमा बोलाइएको छ । 

    नेपाली टोलीको मुख्य प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् । भुवनेश्वरस्थित कलिंगा स्टेडियममा २५ जुलाईबाट ५ अगस्टसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ । 

    यी हुन् साफ  यू–२० राष्ट्रिय टोलीका खेलाडीहरु 

    गोलकिपरः  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

    डिफेन्डरः  अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

    मिडफिल्डरः  आयुष घलान, कृतिश रत्न छिन्जु, मनग्य नकर्मी, दिपेश गुरुङ, आशिष राई, जन्मजय धामी, मोहित गुरुङ, सुगम सुवाल, सन्दीप कार्की

    फरवार्डः  रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार