Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढ्यो


    शुक्रबार, साउन ६ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं । वाग्मतीभित्र चल्ने सार्वजनिक सवारीको भाडामा  बृद्धि भएको छ । मन्त्रीपरिषद् निर्णयबाट वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको छ । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ ।

    भाडा वृद्धिपछि पनि काठमाण्डौ उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ ।
    १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ । यस्तो छ वाग्मतीभित्र चल्ने सार्वजनिक सवारीको बढेको भाडादर ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार