Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • राप्रपाले थाल्यो आगामी निर्वाचनको तयारी


    बिहिबार, साउन ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको  लागि तयारी थालेको छ ।

    काठमाडौंमा  आज बिहीबारबाट सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठकमा अध्ययक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदनमा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने देखिएको र यसको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव गरेका छन् । 

    केन्द्रीय अध्यक्षको अध्यक्षतामा गठन हुने सो समितिले १५ दिनभित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने उनले उल्लेख गरेका छन् । 

    सार्थै जिल्ला अध्यक्षको अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन समिति गठन गर्न पनि अध्यक्ष लिङ्देनले प्रस्ताव गरेका छन् । उपयुक्त र लोकप्रिय उम्मेद्वारहरुको सम्भावित नामावली संकलन प्रारम्भ गर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। 

    स्वतन्त्र व्यक्तिहरुलाई राप्रपाबाट निर्वाचनमा उम्मेद्वार हुन सार्वजनिक रुपले आह्वान गरी सकिएको र सबै जिल्ला समितिहरुले सम्पर्क र अनुगमन प्रारम्भ गर्ने लिङ्देनको प्रतिवेदनमा उल्लेख छ । 

    निर्वाचन आयोगले २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न मिति प्रस्ताव गरे पनि सरकारले यसबारे निर्णय भने गरेको छैन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार