काठमाडौं । काठमाडौंमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौंको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
राप्रपा नेपाल आवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्यलगायत धार्मिक व्यत्विहरूबाट सम्मेलन उद्घाटन हुनेछ । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत सम्प्रदायका अगुवालगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधि सहभागी हुनेछन् भने बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ, डा. चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनले नेपालमा बढीरहेको धर्मान्तरलाई रोक्ने र हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्ने मार्गचित्र तयार गर्ने राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि, विभिन्न जिल्लाका प्रतिनिधि, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक, बुद्धिजीवी, ॐ कार परिवारसँग आवद्ध व्यक्तित्वहरू सहभाही हुनेछन् ।
आयोजक समितिको शनिवार बिहान बसेको बैठकले पार्टी अध्यक्ष कमल थापालाई अन्तिम तयारी बारे जानकारी दिएको र थापाले व्यवस्थित र प्रभावकारी रुपमा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएको ज्योतिष सुनज अधिकारीले बताए । बैठकमा धार्मिक संगठनसँगै पार्टीका पदाधिकारीहरूको समेत उपस्थिति थियो ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend