Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रीय समितिमा प्रचण्डका छोरी–ज्वाइँ पनि


    सोमबार, असार २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन् ।

    आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन् । 

    सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुडामणि खड्का यसअघि नै केन्द्रीय समितिमा अटाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार