Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • कोपेनहेगनको सपिङ महलमा गोली चल्यो, तीन जनाको मृत्यु


    सोमबार, असार २० २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कोपनहेगन।डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए ।
    संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।

    गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए । त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए । उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।  एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार